काठमाडौं । टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को मध्य–वर्षीय डिस्ट्रिक्ट लिडर्स ट्रेनिङ प्रोग्राम (डीएलटिपी) २०८१ काठमाडौंमा हालै सम्पन्न भएको छ । बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा भएको कार्यक्रममा नेपाल तथा भारतका डिस्ट्रिक्ट लिडरहरू र सदस्यहरूको सहभागिता रहेको थियो ।
नेतृत्व क्षमता सहकार्यको महत्व र टोस्टमास्टर्सको मिसन—व्यक्तिहरूलाई प्रभावकारी सञ्चार र नेतृत्वद्वारा सशक्त बनाउने उद्देश्यमा कार्यक्रम केन्द्रित रहेको थियो । डिस्ट्रिक्ट ४१ की डिभिजन डाइरेक्टर मुन प्रधानले साझा लक्ष्यहरू प्राप्त गर्न सहयोग र नवीनताको महत्वमा जोड दिएकी थिइन् । निमिस जोसेफको प्रेरणादायक उद्घाटन सत्रले सहभागीहरूलाई उनीहरूको नेतृत्व यात्रामा आफ्नो लचिलोपन र वृद्धिलाई आत्मसात् गर्न उत्प्रेरित गरेको थियो । सहकार्य, कार्यक्रमको प्रमुख विषय बनेको थियो । नेतृत्वको गहन अध्ययनमा केन्द्रित उक्त तालिममा टिम निर्माण र विवाद समाधानजस्ता विषयहरूमा विशेष सत्रहरू समावेश गरिएको थियो ।