खजुरा (बाँके) । नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा चिसो बढेपछि बुधबार ९ गतेदेखि माघ ११ गतेसम्म तीन दिन जाडो बिदा दिइएको छ ।

मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट पारे ।