काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्स लिमिटेड (सलिको) ले मधेश प्रदेशका आठवटै जिल्लामा न्यानो कम्बल वितरण गर्ने भएको छ । सोही क्रममा कम्पनीले सोमबारका दिन पर्सा जिल्ला पकाहमैनपुर गाउँपालिका वडा नं ४ मा विभिन्न वर्गका ७० जनालाई कम्मल वितरण गरेको जानकारी दिएको छ ।
उक्त कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष भेडी प्रसाद यादव, नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेश प्रदेश प्रमुख निशान्त कुमार लामिछानेले, शाखा प्रमुख सन्दीप सिंह ठकुरी, समाजसेवी अयोध्या प्रसाद चौहानको उपस्थिति रहेको थियो ।