टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ । विगत दशकको तुल्नामा यस वर्ष बिरामीको संख्या उच्चस्तरमा पुगेको छ ।
राष्ट्रिय सङ्क्रामक रोग संस्थानका अनुसार माइकोप्लाज्मा निमोनिया बिरामीहरूको साप्ताहिक औसत संख्या जनवरी १२ सम्म एक दशमलव ११ पुगेको छ, जुन अघिल्लो हप्ताको तुलनामा शून्य दशमलव ३४ ले बढेको छ ।
माइकोप्लाज्माले निमोनिया, बच्चाहरुमा सामान्य सङ्क्रमण, ज्वरो, थकान, टाउको दुखाइ र लगातार खोकी जस्ता लक्षणहरु निम्त्याउँछ । गम्भीर अवस्थामा, यसले निमोनिया निम्त्याउन सक्छ र अस्पताल भर्ना आवश्यक पर्दछ ।
यसैबीच, रुघाखोकीजस्ता लक्षणदेखि गालामा रातो दाना देखिने एरिथिमा इन्फेक्टियोसम पनि बढ्दै गएको छ । गत हप्ता देशभरका झण्डै तीन हजार चिकित्सा संस्थाहरूले औसत शून्य दशमलव ९४ केस रिपोर्ट गरेका छन् ।
इन्द्रलुएन्जा पनि व्यापक रहेको हुनाले विज्ञहरूले मास्क लगाउनेलगायत सङ्क्रमण रोकथामका उपायहरूको महत्वमा जोड दिए ।