काठमाडौं । टीभीएस मोटर कम्पनीद्वारा काठमाडौंमा आयोजित राष्ट्रियस्तरको सिप प्रतियोगितामा, जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरूले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा सहभागी टेक्निसियनहरू नेपालभरबाट छानिएका उत्कृष्ट टेक्निसियनहरू हुन् । उनीहरूले कार्यक्रममा मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेका छन् । यी शीर्ष ३० टेक्निसियनमध्येबाट पनि उत्कृष्ट पाँचको छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसियास्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
टीभीएस मोटर्सले यो टेक्निसियन भेटघाट विभिन्न देशका उत्कृष्ट टेक्निसियनहरूलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ आयोजना गरेको हो । यो कार्यक्रम ज्ञान आदानप्रदान गर्न, नवीनतम प्राविधिक नवप्रवर्तनहरू उजागर गर्न र मोटरसाइकल उद्योगमा सेवास्तरलाई नयाँ उचाइमा पु¥याउन लक्षित रहेको छ । प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनहरूको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्निसियनहरूको चयन गरिएको छ । प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको शृङ्खलाले टेक्निसियनहरूको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिहरूको ज्ञान र ग्राहक सेवा सिपहरूको परीक्षा लिइएको थियो । प्रतियोगिता, सहभागीहरूको प्राविधिक दक्षता प्रदर्शन गर्नका लागि मात्र नभई सहकर्मी र उद्योगकै अग्रणीहरूसँग प्रत्यक्षरूपमा सिक्ने उल्लेखनीय अवसर पनि हो ।
टीभीएस मोटर्सको उत्कृष्टताप्रतिको प्रतिबद्धता उच्च–गुणस्तरीय सवारी साधन निर्माणमा मात्र सीमित छैन । कम्पनीले सेवा सञ्जालको मामिलामा पनि समानस्तरको प्रदर्शन कायम राख्न सकियोस् भन्ने कुरामा विशेष ध्यान केन्द्रित गरेको छ ।