काठमाडौं । वृज एडिटिभ्स प्रालिले अत्याधुनिक निर्माण सामग्रीहरूको नयाँ शृङ्खला सुरु गरेको छ । उच्च–गुणस्तरका निर्माण समाधानका अग्रणी निर्माता वृज एडिटिभ्सले नयाँ उत्पादनहरूको शृङ्खला सुरु गरेको घोषणा गरेको हो ।
नयाँ शृङ्खलामा सिमेन्ट टाइल ग्राउट, टाइल एडिसिभ, फ्लोर हाडनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, बाल पुटिन र वाटरप्रुफिङ सिस्टम समावेश छन् । कम्पनीको यो घोषणा नेपालको निर्माण उद्योगका परिवर्तनशील आवश्यकताहरू पूरा गर्न नवीन समाधानहरू प्रदान गर्ने प्रतिबद्धताको हिस्सा भएको जनाइएको छ । सय वर्षभन्दा बढी समयदेखि नेपाली व्यवसायमा विश्वासिलो नाम केडिया अर्गनाइजेसन हिस्सा रहेको वृज एडिटिभ्सले गत तीन वर्षदेखि अत्याधुनिक प्रविधिबाट स्वदेशी उत्पादन निरन्तर उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादनहरू उच्च प्रदर्शन, मजबुत टिकाउपन र उच्चस्तरको स्थायित्व प्रदान गर्नका लागि इन्जिनियर गरिएको जनाइएको छ ।
वृज एडिटिभ्स प्रालिका प्रबन्ध निर्देशक रविरञ्जन कुमारले यी नयाँ निर्माण सामग्रीहरू बजारमा ल्याउन पाउँदा उत्साहित भएको बताए । यस नयाँ सुरुवातसँगै कम्पनी नेपाली निर्माण सामग्री उद्योगमा अग्रणीको रूपमा आफ्नो स्थान कायम राख्न सफल भएको उनले दाबी गरे ।