काठमाडौं । केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स–३ प्रो ईभी नेपालमा उपलब्ध गराएको छ । अझै बढी पर्फमेन्स र दक्षतायुक्त एक्स–३ प्रोको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
यो अफर केही अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हुनेछ । एक्स–३ प्रो एक इलेक्ट्रिक सवारी साधन मात्र नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगम समेत हो । यसमा ५३ दशमलव छ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ, यसले २६० एनएमसम्मको उच्चतम टर्क प्रदान गर्छ । यसले सिंगल चार्जमा तीन सय ७० किलोमिटर (एनईडीसी)सम्मको रेन्ज दिन्छ । यसको ब्याट्रीलाई फुल चार्ज गर्न पाँचदेखि सात घण्टा लाग्छ । यसलाई घरैमा सात किलोवाटको एसी चार्जर प्रयोग गरी आठ घण्टामा चार्ज गर्न सकिन्छ । त्यसैगरी डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
एक्स–३ प्रो ईभीको लम्बाइ ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ भने यसको ह्विलबेस २६३२ एमएम छ । यी सबैका कारण पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ । केई एक्स–३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लियरेन्स एक सय ८३ एमएम छ । विभिन्न पाँच कलर अप्सनमा केई एक्स–३ प्रो ईभी उपलब्ध हुनेछ । नेपालभरि बलियो उपस्थितिसँग, केई नेपालले भाटभटेनी नक्साल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिर्तामोडमा स्थित नौ वटा सोरूम सञ्चालन गर्दै आएको छ ।