काठमाडौं । एक व्यवसायीमाथि लाजिम्पाटमा रहेको इनोभा अस्पतालको पार्किङमा भएको रड आक्रमणको घटनामा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु र अजय लामालाई पक्राउ गरिएको बताएका छन् । उनीहरुलाई भारतबाट पक्राउ गरी ल्याइएको प्रहरी स्रोतले जनाएको छ ।
घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय विक्रम लामामाथि कात्तिक ११ गते आक्रमण भएको थियो । प्रहरीले उनीमाथि रड आक्रमण भएको घटनामा संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो । जसमध्ये पुर्पक्षका लागि निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ कारागार चलान भएका थिए ।
५० हजार धरौटीमा पक्राउ परेका अर्का प्रतिवादी पदम राई रिहा भएका थिए भने अर्का दुई प्रतिवादी रमेश सिलवाल र लक्ष्मी राई अझै फरार रहेका छन् ।