काठमाडौं । तीन महिनाअघि काठमाडौंको लाजिम्पाटमा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्न लगाउने घटनामा उनकी पूर्व भाउजूको योजनामा घटना गराइएको खुलासा भएको छ । पर पुरुषसँग अबैध सम्बन्ध रहेको थाहा भएपछि विक्रमले आफ्नो दाईलाई जानकारि गराएका थिए । विक्रमकी पूर्व भाउजू रहेकी लक्ष्मीले बेलायतमा बसोबास गर्ने र नेपाल आएको समयमा रमेश सिलवालसँग अबैध सम्बन्धमा बसेको कुरा आफ्ना दाईलाई विक्रमले बताएका थिए । त्यसपछि उनका दाईले यही विषयमा विवाद भएपछि लक्ष्मीसँग सम्न्धविच्छेद गरेका थिए । विक्रमकै कारण सम्बन्धविच्छेद भएको भन्दै लक्ष्मीले विक्रमसँग बदला लिन रिसिभी साधेर हत्या योजना बुनेको अनुसन्धानबाट देखिएको छ ।
लक्ष्मीले हालका लिभिङ टुगेदर पाटनर रमेश शिलवाल मार्फत विक्रममाथि ज्यान जाने गरि आक्रमण गर्न लगाएकी थिइन् ।गत कात्तिक ११ गते विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले रड प्रहार भएको थियो । लाजिम्पाट पानीपोखरीस्थित इनोभा अस्पतालको पार्किङमा कार रोकेर निस्किएलगत्तै व्यवसायी विक्रममाथि अन्धाधुन्ध रड प्रहार गरेर हत्याको प्रयास गरेको थिया समयमै उपचार भएर मर्नबात व्यवसायी विक्रम बाच्न सफल भएका थिए । प्रहरीले घटनाको अनुसन्धान गर्दैजाँदा घटनामा नुवाकोटका लजय लामा मुख्य व्याक्ति रहेको पत्ता लगाएको थियो । यस्तै,घटनामा नुवाकोटकै मार्सल भन्ने शैलेन्द्र तामाङ,गोरखाका दीपक बरामू र गोरखाकै निश्चल सुनारको प्रत्यक्ष संलग्नता रहेको खुलासा गरेको थियो ।
घटनामा प्रयोग भएको मोटरसाईकल गोरखाकै सिजन अधिकारीको भएको र उनको पनि संलग्नता पुष्टी भएको थियो । प्रहरीले घटनालगत्तै नुवाकोटका मार्सल भनिने शैलेन्द्रलाई पक्राउ गरेको थियो । उनको बयान अनुसार प्रहरीले अन्य अभियुक्तहरुलाई सजिलै पक्राउ गर्न सफल भएको थियो । काठमाडौंबाट भागेर झापा पुगेका अजय लामा,दीपक बरामू,सिरज अधिकारीमध्ये सिरजलाई प्रहरीले झापाबाट पक्राउ गर्न सफल भयो भने । अजय र बरामू झापाबाट पनि भागेर भारत पुगेका थिए । पछिल्लोपटक अजय लामा र दीपक बरामू भारतको हरियाणबाट पक्राउ परेका थिए । भारतको पञ्चकुलबाट पक्राउ परेका अजयले प्रहरीसमक्षको बयानमा आफूले २० लाख रुपैयाँ पाउने आशमा विक्रममाथि आक्रमण गरेको प्रारम्भिक बयान दिएका थिए । सुरुमा आफूलाई १५ लाख रुपैयाँको अफर आएको र १५ लाखमा नमानेपछि ५ लाख थप गरिदिने सर्तमा २० लाख रुपैयाँ पाउने भएपछि विक्रममाथि आक्रमण गरेको बयान दिएका थिए ।
विक्रममाथि आक्रमण गर्न लगाउने व्याक्ति धादिङको ज्वालामूखी ४ दोभानटारका लम्मी राईका लिभिङ टुगेदर पाटनर रमेश शिलवाल रहेका थिए । पीडीत लामाको पूर्व भाउजू रहेकी लक्ष्मी राईले शिलवाललाई प्रयोग गरेर षडयन्त्रपूर्वक गोरखाका सिजनमार्फत २० लाख रुपैयाँ दिने सर्तमा आक्रमण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । घटनामा संलग्न नुवाकोटका अजय र गोरखाका सिजनको पुरानो पृष्टभूमी पनि खराब रहेको देखिएको छ । अजयले किर्तेको कसुरमा ३ बर्षको कैद सजायमा जेल पुगेका थिए भने सिजन डाँका चोरीको कसुरमा ६ बर्ष कैद सजाय तोकिएर कैदमा बसेका थिए । उनीहरु दुबै जनाको त्यती बेलानै सुन्धारास्थित भद्र गृहमा भेट भएको थियो ।
घटना घटाउन योजनाकारको भूमीकामा रहेका पिडीत लामाको पूर्व भाउजू लक्ष्मी राई र रमेश शिलवाल भने नेपाल छोडेर भागिसकेको थिए । उक्त घटनामा अर्को आरोपी गण्डकी प्रदेशका निलम्बित प्रदेशसभा सदस्य दीपक मनाङेका स्वकीय सचिव रहेका टिकाराम भण्डारी,र पदम राईको पनि संलग्नता रहेको खुलेको थियो । घटनामा संलग्न अजल लामासँग लक्ष्मी राई,रमेश शिलवाल र टीकाराम भण्डारीको बारम्बार कुरा भएको पाइएको थियो । प्रहरीकले पक्राउ गरेका मनाङगेका स्वकिय सचिव टीकाराम भण्डारीले आफ्नो संलग्नता नरहेको बताएका थिए । अजयलाई आफूले नचिन्ने र लक्ष्मी व्यवसायिक पाटनर रहेको र लक्ष्मीको माध्यमबाट रमेश शिलवाललाई चिनेको प्रहरीसमक्ष बयान दिएका थिए । घटना घटाउनुपूर्व उनीहरुबीच भएको फोनवार्ता रहस्यमय देखिएको थियो । अहिले प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।