काठमाडौँ । विश्व भन्सार दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउनका निम्ति अध्यादेश ल्याएको बताएका छन् ।
उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताए । सरकारले ल्याएका अध्यादेशहरूलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यस्ता कदमहरू आगामी दिनमा पनि सरकारले अघि बढाउने बताए ।निजी क्षेत्रलाई राजश्व सङ्कलनमा सहयोगी भूमिका निर्वाह गर्न उपप्रधानमन्त्री पौडेलले आग्रह गरे ।