काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक १० दशमलव ४१ अंकले ओरालो लागेर २६ सय ४३ दशमलव ९३ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २० अंकले ओरालो लागेर चार सय ४३ दशमलव ६० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको ९४ हजार आठ सय १३ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ५७ लाख २० हजार तीन सय ६७ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम नौं अर्ब १२ करोड ८६ लाख ७३ हजार पाँच सय १४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, जलबिद्युत, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानी, होटल तथा पर्यटन, उत्पादनमुलक र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।