काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वास्थ्य उपचारको लागि थाइल्याण्ड गएको पाइएको छ । मुटुमा समस्या देखिएपछि उपचारको लागि परराष्ट्रमन्त्री राणा थाइल्याण्ड गएको बुझिएको छ । कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र मन्त्रीहरु संमिलित बैठकमा कांग्रेसबाट शक्तिसाली मन्त्रालय सम्हालेकी कांग्रेस सभापती शेरवहादुर देउवा पत्नी राणा अनुपस्थित भएपछि सोधीखोजी भएको थियो । सोधिखोजीको क्रममा उनी उपचारको लागि केहि दिन पहिले नै गुपचुप थाइल्याण्ड गएको खुलेको हो ।