काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले भक्तपुर राधेराधेस्थित सिग्मा डायगोनिस्टिक ल्याब्रोरेटरीमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले धुलिखेलस्थित प्रचलित रिसोर्टहरू दुषित थानी हिमालयन रिर्सोटमा १५ प्रतिशत र हिमालय दृष्यमा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ ।