काठमाडौं । बनेपा काभ्रेमा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैंकले वित्तीय साक्षरता कार्यक्रमहरू गरेकोे छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी वार्षिक कार्ययोजनाअन्तर्गत शाखा कार्यालय हेटौँडाको आयोजनामा २०८१ माघ ९ गते हेटौँडा उपमहानगरपालिका ८ कमानेमा अवस्थित चन्द्रोदय माध्यामिक विद्यालयमा र शाखा कार्यालय पालुङ्गको आयोजनामा मिति २०८१ माघ १० गते थाहा नपा ३ घट्टेचौर अवस्थित जनकल्याण माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ ।
चन्द्रोदय माध्यामिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ८० विद्यार्थीको उपस्थिति रहेको थियो भने जनकल्याण माध्यामिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ६५ विद्यार्थीको उपस्थिति रहेको थियो । बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवालगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षाजस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।
सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र रहेको सिन्धु विकास बैंकको जम्मा २६ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।