कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा योशिता राजापाक्षेलाई शनिबार प्रहरीले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ । डेली मिररका अनुसार योशितालाई उनका बुबा राष्ट्रपति हुँदा अवैधरूपमा सम्पत्ति किनेको आरोप छ । महिन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म राष्ट्रपति थिए ।
योसिता महिन्दा राजापाक्षका तीन छोरामध्ये दोस्रो हुन् । प्रहरी प्रवक्ता एसएसपी बुद्धिका मानथुङ्गाले राजापाक्षेलाई उनको गृहनगर बेलियाटाबाट पक्राउ गरिएको बताए । महान्यायाधिवक्ताले शनिबार सीआईडीलाई योशितालाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
यो सम्पूर्ण घटना डेजी वनसँग सम्बन्धित छ । डेजी महिन्दा राजपाक्षेकी आमा हुन् । योशितामाथि आफ्नी हजुरआमाको नाममा माउन्ट ल्याभिनियामा जग्गा खरिद गरेको आरोप छ । प्रहरीले उक्त जग्गा खरिदमा खर्च भएको रकमबारे अनुसन्धान गरिरहेको छ । यस विषयमा सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ ।