काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत घरजग्गा खरिदका लागि करिब चार खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ९८ अर्ब १५ करोड २० लाख रुपैयाँ कर्जा दिएका हुन् । जुन एक वर्षअघिको तुलनामा २० अर्ब ४८ करोड ४० लाख रुपैयाँ बढी हो । २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाले तीन खर्ब ७७ अर्ब ६६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र व्यक्तिगत आवाशमा तीन खर्ब १९ अर्ब ८१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा १५ अर्ब ७७ करोड ९० लाख रुपैयाँ बढी हो । गत वर्ष मंसिरमा तीन खर्ब चार अर्ब तीन करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले गत मंसिर मसान्तसम्म व्यक्तिगत आवास शीर्षकअन्तर्गत कुल ६३ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा दुई अर्ब ५८ करोड रुपैयाँ बढी हो । गत वर्ष मंसिर मसान्तमा व्यक्तिगत आवासमा विकास बैंकहरूले ६१ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले गत मंसिर मसान्तसम्म व्यक्तिगत आवासकै लागि कुल १४ अर्ब ३४ करोड ८० लाख रुपैयाँ कर्जा दिएका छन् । जुन एक वर्षअघिको तुलनामा दुई अर्ब १२ करोड ४० लाख रुपैयाँ बढी हो । गत वर्ष मंसिर मसान्तमा व्यक्तिगत आवासमा १२ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।