काठमाडौं । सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ । ठुला–लोडहरूको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९ केजी बिस्पोक फ्रन्ट–लोड वाशिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको छ ।
एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधिहरू प्रस्तुत गर्दै यी वाशिङ मेसिनहरूद्वारा लुगा धुने कामलाई काम जस्तो नलाग्ने बनाउने लक्ष्य राखेका छन् । सुपर स्पिड टेक्नोलोजीले, जेटलाई लुगा धुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वास साइकललाई ३९ मिनेट सम्ममा पूरा गर्ने जनाईएको छ । हाइजीन स्टीमले ९९.९ प्रतिशत ब्याक्टेरिया र एलर्जीहरू हटाउँछ । यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउनको लागि एआई एनर्जी मोड पनि समावेश छ ।
एआई कन्ट्रोलले प्रयोगकर्ताको वाशह्याबित सिक्छ, र पर्सनलाइज्द साइकलको सुझाव दिई सम्पूर्ण प्रक्रियाको प्रयोगकर्तालाई जानकारी गराउने प्रणालीमार्फत लन्ड्रीलाई सरल बनाउँछ । त्यसपछि छ सामसङको इनोभेतिव एआई इकोबबल टेक्नोलोजी, यसले मेसिनमा डिटर्जेन्टहरूलाई बबलमा रूपान्तरण गरी कपडाको फोहोरलाई कम तापक्रममा पनि कपडाहरूलाई नरम र प्रभावकारी धुलाई दिन्छ । डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटि) ले यी वाशिङ मेसिनहरूमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथ शान्त, ऊर्जा–दक्ष कार्यसम्पादन सुनिश्चित गर्दछ । स्लिक र आधुनिक बिस्पोक डिजाइनले कुनै पनि घरलाई पूरक बनाउनको साथै एक वासमै ठुला लोडहरू ह्यान्डल गर्न सक्छ ।
दुई मोडलमा उपलब्ध सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिनहरूको मूल्य १ लाख १ हजार ९९० रुपैयाँ बाट सुरु हुन्छ । यस्तै कम्पनीले २० प्रतिशतसम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ । यी उपकरणहरू शुन्य प्रतिशत ब्याज ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्स मार्फत खरिद गर्न सजिलो बनाइएको छ । लुगा धुने अनुभवलाई अपग्रेड गर्न खोज्ने उपभोक्ताहरूको लागि यस बिस्पोक एआई वाशिङ मेसिन दायरामा सजिलो सँग अपग्रेड गर्न एक्सचेन्ज अफरहरू पनि उपलब्ध छ । यी नयाँ लन्च भएको ९केजी वासिङ मेसिनमा एक्सचेन्ज गरी अपग्रेड गर्ने उपभोक्ताहरूले एक्सचेन्ज पार्टनर अर्कोस्टोर मार्फत ३ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्छन् । यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइवेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ ।