काठमाडौं । नेपाल स्टक एक्सचेन्जले मार्जिन कारोबार गर्न योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । नेप्सेका अनुसार एक सय दुईवटा कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य छन् । यसअघि एक सय १२ वटा कम्पनी मार्जिन कारोबारका लागि योग्य थिए ।
मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य हुन्छन् । सो दफामा कम्तीमा १० हजार सेयरधनी भएकोे, खुद सम्पत्ति चुक्ता पुँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको पहिलो छ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेका कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था छ ।
कृषि विकास बैंक, सिटिजन बैंक इन्टरनेसनल, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक, नबिल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र स्टान्डर्ड चार्टर्ड बैंक मार्जिन कारोबारका लागि योग्य वाणिज्य बैंक हुन् । यस्तै विकास बैंकहरुमा गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला विकास बैैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक छन् । फाइनान्स कम्पनीहरुमध्ये आईसीएफसी फाइनान्स मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएको छ ।
लघुवित्त वित्तीय संस्थाहरुमा आत्मनिर्भर लघुवित्त, आशा लघुवित्त, छिमेक लघुवित्त, हिमालयन लघुवित्त, सिवाईसी लिघुवित्त, डिप्रोक्स लघुवित्त, धौलागिरी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, ग्लोबल आईएमई, इन्फिनिटी, जीवन विकास लघुवित्त, कालिका लघुवित्त, लक्ष्मि लघुवित्त, महिला लघुवित्त, मेरो माइक्रोफाइनान्स, नाडेप लघुुवित्त, नेसनल माइक्रोफाइनान्स छन् । यस्तै नेरुडे मिर्मिरे लघुवित्त, नेस्डो समृद्ध लघुवित्त, एनआईसी एसिया, निर्धन उत्थान, एनएमबी, आरएसडीसी, सम्पदा, समाता, सामुदायिक, साना किसान विकास, सपोर्ट, सूर्योदय वोमी, स्वावलम्बन लघुवित्त, उपकार, विजया लघुवित्त मार्जिन कारोबारका लागि योग्य लघुवित्तहरु हुन् ।
जीवन बीमा कम्पनीहरुतर्फ एसियन लाइफ इन्स्योरेन्स, आईएमई लाइफ, नेसनल लाइफ, नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलाएबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सन नेपाल लाइफ, सूर्यज्योती लाइफ मार्जिन कारोबारका लागि योग्य छन् । निर्जीवन बीमातर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिदार्थ प्रिमियर इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको मार्जिन कारोबार हुनेछ ।
यस्तै, सीईडीबी होल्डिङ्स, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट, हाथवे इन्भेष्टमेन्ट, हाइडड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट, घोराही सिमेन्ट, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, अरुण काबेली पावर, भगवती हाइड्रोपावर, विन्द्यवासिनी हाइड्रोपावर, बुटवल पावर, चिलिमे हाइड्रोपावर, कालिका पावर, मान्डु हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, नेपाल हाइड्रो, राधि विद्युत्, रिडी पावर कम्पनी, रुरु जलविद्युत्, सानिमा माई हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, युनाइटेड इदि मर्दी पनि मार्जिन कारोबारका लागि योग्य भएका छन् । यसैगरी तारागाउँ रिजेन्सी होटल, सोल्टी होटल, नेपाल रि–इन्स्योरेन्सु र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूचीमा परेका छन् ।