काठमाडौं । ललितपुरको जावलाखेलमा अवस्थित डी.ए.भी. कलेज (प्लस टु) ले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता गर्ने भएको छ ।
खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले आज बुधबारदेखी फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । देशकै सर्वाधिक धनराशिको प्रतियोगितामा विजेता टिमलाई तीन लाख रुपैयाँ नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई दुई लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । साथै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।