काठमाडौं । टायल उत्पादक कम्पनी कजरियाले पोखराको शिवचोकमा नयाँ सोरुम खोलेर नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको छ । धौलाश्री सप्लायर्सद्वारा सञ्चालित सोरुमको आइतबार उद्घाटन गरिएको हो ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्कीले पोखराको बढ्दो निर्माण उद्योगको विकासमा यस नयाँ उद्यमले टेवा पु¥याउने बताएका थिए । कार्यक्रममा बोल्दै कजरियाका निर्देशक हिमांशु अग्रवालले नयाँ सोरुमको बारेमा उत्साह व्यक्त गरे । उनले पोखरा प्रिमियम बजार रहेको उल्लेख गर्दै यहाँ कजरिया टाइल्सको माग सधैँ उच्च रहँदै आएको बताए । मनमोहक प्राकृतिक सुन्दरता र जीवन्त पर्यटन उद्योगका लागि परिचित पोखरा नेपालको सबैभन्दा तीव्र गतिमा विकास भइरहेको सहरमध्ये एक हो । यसको सुन्दर तालहरू, आकर्षक पहाडहरू र विस्तारित पूर्वाधारको साथले गर्दा शहर प्रिमियम रियल इस्टेट र निर्माण परियोजनाहरूको लागि एक हब बनेको छ । कजरियाको उपस्थितिले घरधनी, आर्किटेक्ट र ठेकेदारहरूलाई विश्वस्तरीय टाइलहरू प्रदान गरेर यी विकासहरूलाई समर्थन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
नयाँ सोरुम रणनीतिकरूपमा शिव चोकमा अवस्थित छ, यसले ग्राहकहरूलाई प्रिमियम टाइल्सको विस्तृत श्रृङ्खलाको अन्वेषण गर्नको लागि सुविधाजनक बनाउँदछ । गुणस्तर र नवप्रवर्तनप्रति कजरियाको प्रतिबद्धताले पोखरामा निर्माण सामग्रीको बढ्दो मागलाई पूरा गर्ने मात्र नभई यस क्षेत्रमा आर्किटेक्चरल उत्कृष्टताका लागि नयाँ मापदण्ड पनि स्थापित गर्ने कम्पनीको दाबी छ ।