काठमाडौं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवामा यो विशेष छुट प्रदान गर्ने विषयमा उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयु, शल्यक्रिया तथा एक्स–रे/युएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा पाँच प्रतिशतसम्म छुट प्रदान गरिने छ ।
बैंकको देशभर तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १६ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईहरू रहेका छन् । बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।