काठमाडौं । प्रिन्टर ब्रान्ड ब्रदरले आफ्ना ग्राहकहरूलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरको खरिदमा छुट पाइने व्यवस्था मिलाएको हो ।
यो छुटको सुविधा तेस्रो संस्करणको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एन्ड लाइफस्टाइल: मिट एन्ड ग्रिट, एक्स्पो–२०२५’ बाट लिन सकिने कम्पनीले जनाएको छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गतेदेखि २९ गतेसम्म आयोजना हुँदैछ । सागर ग्रुपका अनुसार सोही एक्स्पोमा छ वटा मोडलका ब्रदर टोनर बक्स सिरिजका प्रिन्टरहरू पनि लन्च हुनेछन् । जापानी उत्पादक ब्रदर इन्टरनेसनल कर्पोरेसनद्वारा उत्पादित ब्रदर प्रिन्टर नेपाली बजारमा निकै लोकप्रिय बनिसकेका छन् ।
स्मार्ट लुक्स, ड्युरेबिलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन ब्रदर प्रिन्टरका प्रमुख विशेषता हुन् । ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी–बी७६२०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो, ब्रदर डीसीपी–बी७६४०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो र ब्रदर एमएफसी–बी७८१०डीडब्लू लेजर एमएफसी प्रिन्टर–मोनो मोडलका प्रिन्टर रहेका छन् । यस्तै, उक्त सिरिजमै ब्रदर एचएल–बी२१००डी लेजर प्रिन्टर–मोनो, ब्रदर एचएल–बी२१५०डब्लू लेजर प्रिन्टर–मोनो र ब्रदर एचएल–बी२१८०बीडब्लू लेजर प्रिन्टर–मोनो मोडलको प्रिन्टर रहेको छ । यी सबै मोडलका प्रिन्टर लन्चसँगै नेपाली उपभोक्ताको रोजाइमा पर्ने विश्वास सागर ग्रुपले लिएको छ ।
नेपाली उपभोक्तालाई आर्थिकरूपमा थप लाभान्वित गराउने उद्देश्यका साथ सागर ग्रुपले ब्रदरका प्रिन्टरमा प्यारेन्ट कम्पनीसँगको सहकार्यमा विशेष छुट साथै लन्चको घोषणा गरेको ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन् । यस्तै, एक्स्पोको आयोजना अवधिभर ब्रदर टोनर बक्स सिरिजसँगै न्यूनतम २० प्रतिशत छुट उपभोक्ताले ब्रदरका जुनसुकै प्रिन्टर खरिद गर्दा पाउन सक्नेछन् । सागर ग्रुपले करिब दुई दशकयता नेपाली बजारमा निरन्तर आयात तथा बिक्री वितरण गर्दै आएको ब्रदर प्रिन्टर बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ । प्रतिस्पर्धी मूल्यमै ब्रदरका गुणस्तर प्रिन्टर उपलब्ध भएकाले यसको माग बजारमा उच्च रहेको बताइएको छ ।
प्रिन्टरमा कुनै पनि किसिमका समस्या आएमा कम्पनीले तुरुन्त मर्मत गरिदिने, तोकिएको वारेन्टी सहजताका साथ कार्यान्वयन गर्ने र यथेस्ट स्पेयर्स पार्ट्स स्टकमै राख्ने गरेको कम्पनीले जनाएको छ । ब्रदरका उत्पादन अनलाइनबाटै अर्डर गर्न सकिने व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ । बेलियो डट कममार्फत विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्नसक्ने बताइएको छ ।