काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले काठमाडौंदेखि नुवाकोट दरबारसम्मको राइड आयोजना गरेको छ । गत शनिबार नक्सालस्थित सोरुमबाट प्रारम्भ भएको सो राइडमा नयाँ तथा पुराना बाइकसहितका २० राइडर सहभागी थिए ।
सो अवसरमा सीएफमोटो ब्रान्डका एनके २५०, एसआर २५०, एनके ४५० तथा ४५० एमटी बाइकहरूको सहभागिता रहेको थियो । हाल डे आउट राइड सबै सेगमेन्टका ग्राहकहरूको चासो तथा चाहना रहेको तथ्यलाई मध्यनजर गरी कम्पनीले सो राइड कार्यक्रम सञ्चालन गरेको बताएको छ । राइडमा सहभागी सबै राइडरहरूलाई सीएफमोटोको राइडिङ ज्याकेट तथा मायाको चिनो प्रदान गरिएको थियो । उक्त राइडमा राइडरहरूलाई विभिन्न गेममा सहभागी गराई पहिलो तथा दोस्रो विजेतालाई कम्पनीबाट विशेष प्रिभिलेज कार्ड उपहारस्वरूप प्रदान गरिएको थियो ।
कम्पनीका अनुसार यसअघि गत माघ ५ मा आयोजना भएको सीएफमोटो मिट एन्ड ग्रिट कार्यक्रममा समेत उल्लेख्य मात्रामा सीएफमोटो बाइकधनीहरूको सहभागिता रहेको थियो । सोही कार्यक्रममार्फत घोषणा भएबमोजिम कम्पनीले हाल उक्त राइडको आयोजना गरेको जानकारी दिएको छ ।