काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राजधानीमा भएको चेम्बर एक्पोलाई सम्बोधन गर्दै नेपालको निर्यात व्यापारसम्बन्धी आँकडा नक्कली भएको बताएका छन् । उनले नेपालको निर्यातलाई वास्तविक निर्यात मान्न नसकिने बताए । आफैँले उत्पादन गरेका सामान बिक्री गर्न सके मात्र त्यसलाई वास्तविक व्यापार मान्न सकिने ओलीको भनाइ छ ।
नेपालमा बचतकर्ताको संख्या निकै कम भएको भन्दै प्रधानमन्त्री ओलीले चुरोट, बिडी जस्ता हानीकारक वस्तुको खपत घटाएर गरेको बचतलाई मात्रै बचत भन्न सकिने बताए । यदि कसैले नखाइ नखाइ पैसा बचत गर्छ भने त्यसरी बचाएको पैसालाई बचत भन्न नमिल्ने भन्दै उनले त्यो जतन गरेर राखेको पैसा मात्रै भएको बताए ।