काठमाडौं । ओम श्री फर्मास्युटिकल्सले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँमध्येबाट ३० प्रतिशतका दरले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरको बिक्री आव्हान गरेको हो ।
जसमध्ये पहिलो चरणमा जारी पुँजीको १० प्रतिशतका दरले हुन आउने एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगार प्रभावितको लागि बिक्री हुने छ । बिक्री प्रर्वन्धक प्रभु क्यापिटल लिमिटेड मार्फत यही माघ २१ गतेबाट खुला हुने यो सेयरको बिक्री कार्य फागुन पाँच गतेसम्म जारी रहने छ । कम्पनीका अनुसार लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।