काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ५४ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ७७ लाख २८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार पाँच सय रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ३६ करोड ८० लाख ८५ हजार नौ सय ९० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८४ करोड १४ लाख ७८ हजार नौ सय रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा पाँच करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संंस्थाले २८ करोड ८४ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४२ करोड सात लाख ८४ हजार आठ सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ८९ लाख १७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।