काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा नौ करोड ४६ लाख २२ हजार तीन सय ८० रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक करोड ४९ लाख ८१ हजार आठ सय ११ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार नौ सय ४२ रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ३३ करोड ४८ लाख ३९ हजार सात सय ३९ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५२ करोड २२ लाख ३३ हजार दुई सय ३३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ९० लाख ४७ हजार ११ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ६२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २५ करोड ८२ लाख ११ हजार आठ सय ४७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १८ करोड ८३ लाख तीन हजार आठ सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ८९ लाख ५८ हजार छ सय १५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संंस्थामा चार दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ३९ प्रतिशत रहेको थियो ।