काठमाडौं । अशोक लेल्यान्डले विशेष रिटेल पाट्र्स आउटलेट ‘जेके पाट्र्स’ नेपालगञ्जमा सञ्चालनमा ल्याएको छ । कम्पनीले उक्त बिक्री केन्द्रमार्फत अशोक लेल्यान्डका जेन्युइन स्पेयर पाट्र्स र एसेसरिजसहितको वान–स्टप सोलुसन उपलब्ध गराउने जनाएको छ ।
नेपालगञ्जको भुजैगाउँमा खुलेको सो नयाँ आउटलेटमा अशोक लेल्यान्डका सवारीधनी र फ्लिट अपरेटरका विविध आवश्यकता पूरा हुने गरी उच्च गुणस्तरीय, फ्याक्ट्रीद्वारा प्रमाणित पाट्र्स र एसेसरिज उपलब्ध हुनेछन् । एक कार्यक्रमका बीच उक्त आउटलेटको उद्घाटन अशोक लेल्यान्ड भारतका पाट्र्स प्रतिनिधि मलय साहु र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संयुक्तरूपमा गरेका थिए । अशोक लेल्यान्ड भारतका पाट्र्स प्रतिनिधि मलय साहुले भने, ‘रिटेल पाट्र्स आउटलेटले हाम्रा ग्राहकलाई अझै सेवा प्रदान गर्न र जेन्युइन अशोक लेल्यान्ड पाट्र्स उपलब्ध गराउन सहयोग गर्नुका साथै आफ्नो सवारी साधनको पर्फमेन्स बढाउन र लामो समय चल्न सक्षम बनाउने छ ।’
त्यसैगरी, अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले आईएमई मोटर्सले ग्राहकलाई सधैँ उच्चस्तरीय सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाए ।