वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ बाट क्यानडा र मेक्सिकोमा २५ प्रतिशत र चीनमा थप १० प्रतिशत कर लगाएका छन् । यससम्बन्धी कार्यकारी आदेशमा उनले हस्ताक्षर गरेका छन् । यस क्रममा ट्रम्पलाई यी देशहरूले ट्यारिफ ढिलाइ गर्न केही गर्न सक्छन् कि भनेर सोधिएको थियो । उनीहरुले अब केही गर्न नसक्ने जवाफ दिए ।
ट्रम्पले भने कि हाम्रो धम्की सौदाबाजीका लागि मात्र होइन । यी तीन देशसँग हाम्रो ठूलो व्यापार घाटा छ । यसलाई बढाउने कि नगर्ने भन्ने पनि हेर्नेछौँ तर अमेरिकामा धेरै पैसा आउनेछ ।
यसअघि शुक्रबार ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चिनियाँ सामानमा शनिबारदेखि १० प्रतिशत कर लगाउने बताएकी थिइन् ।