काठमाडौं । काठमाडौंमा मेलम्चीको पानी वितरण भएको ४ बर्ष भएपनि देशको मुल केन्द्र सिंहदरबारमा भने मेलम्चीको पानी जोडिएको छैन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायतका मन्त्रालय,विभिन्न सरकारी कार्यालयमा अहिलेसम्म पनि मेलम्ची खानेपानी आयोजनाको पाइप जडान नगरिएको पाइएको छ ।
मेलम्चीको पानी जाने पाईप बिस्तार गरेपनि पानी भने अझै गएको छैन । मेलम्ची खानेपानी आयोजना,कार्यान्वयन एकाई कार्यालय स्रोतले सरकारी कार्यालय र संस्थानलाई सिधै पाइप जडान गर्न नमिल्ने बताएको छ । त्यसमा काम गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ग्राहक बनेर आएको अवस्थामा मात्रे पाइप जडान गर्न सक्ने बताएको छ ।
काठमाडौं उपत्यका खानेपाी लिमिटेड(केयुकेएल) समाचार स्रोतका अनुसार सिंहदरबार परिसरमा थोक वितरण प्रणालीको पाइप पु¥याइए पनि पानी वितरण पाइप जयान हुन नसकेको बताएको छ । सम्बन्धि निकायले एकले अर्काको कमजोरी देखाएर पन्छिने गरेको पाइएको छ । सिंहदरबार अहिले जार,बोटल र ट्याङकरको पानी प्रयोग भैरहेको छ ।