काठमाडौं । नेपाल टिस्यु उद्योग संघको अध्यक्षमा यादव घिमिरे निर्वाचित भएका छन् । संघको तेस्रो वार्षिक साधारणसभाले घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै, संघको नयाँ कार्यसमितिको उपाध्यक्ष रामहरि कार्की चयन भएका छन् भने सचिवमा विष्णुप्रसाद बख्रेल र कोषाध्यक्षमा श्यामहरि लुइँटेल चयन भएका छन् ।
सदस्यहरूमा प्रेमहरि मैनाली, निरञ्जन घिमिरे, राजेश श्रेष्ठ, अनिल प्रधान र सुनिला गोयल अग्रवाल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष यादव घिमिरेले संघको सदस्यता विस्तार, मर्यादित तथा व्यवस्थित संगठन निर्माण गर्ने प्रतिबद्धता जनाए । साथै, टिस्यु पेपरको कच्चा पर्दाथमा सरकारले लगाउँदै आएको अन्तः शुल्क हटाउन पहल गर्ने जानकारी दिए ।