काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ११ करोड ८३ लाख ३९ हजार नौ सय ३१ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले चार करोड ७८ लाख ३० हजार नौ सय रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा तीन अर्ब ३० करोड ९४ लाख १९ हजार तीन सय ५१ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ४३ करोड ४० लाख ६९ हजार पाँच सय ४७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३५ करोड सात लाख ४८ हजार एक सय नौ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब सात करोड चार लाख ९० हजार आठ सय २५ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ५० करोड १९ लाख ५९ हजार नौै सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २८ करोड ६३ लाख ९२ हजार पाँच सय सात रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५३ प्रतिशत रहेको थियो ।