ललितपुर । फोनपे बिल्सले नयाँ अभियानको सुरुवात गरेको छ । कम्पनीले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एपमार्फत बीमा प्रिमियम सहजरूपमा तिर्न प्रोत्साहित गर्न र एक सय प्रतिशत क्यासब्याक जित्ने अवसर प्रदान गर्न अभियान सुरू गरेको हो ।
कम्पनीका अनुसार यस अभियानअन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रिमियम तिर्दा शत प्रतिशत क्यासब्याक (१५ हजार रूपैयाँसम्म) प्राप्त गर्नेछन् । यो अभियान माघ ३० (फेब्रुअरी १२ २०२५) सम्म चल्नेछ जसले ग्राहकलाई बीमा प्रिमियम तिर्ने सहज र पुरस्कृत तरिका प्रदान गर्छ । सहभागी हुनका लागि ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रिमियम तिर्नुपर्छ ।
सफल भुक्तानीपछि उनीहरू स्वतः लकी ड्रको लागि योग्य हुनेछन् र एक सय प्रतिशत क्यासब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । यो अभियान फोनपे बिल्सको सहजता अनुभव गर्ने साथै भुक्तानी गरेर पुरस्कार प्राप्त गर्ने एक उत्कृष्ट अवसर रहेको दाबी कम्पनीले गरेको छ ।