काठमाडौं । कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले सोमबारका दिन काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण र आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ ।
बैंकले हाल देशभर तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईहरू सञ्चालनमा रहेका छन् । बैंकले आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।