काठमाडौं, साउन ६ महालक्ष्मी विकास बैंकको कामु प्रमुुख कार्यकारी अधिकृतको पदमा सागर शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही साउन एक गते बसेको चार सय ५८औं बैठकले साउन दुई गतेदेखि नै कार्यान्वयनमा आउने गरी शर्मालाई कामुु प्रमुख प्रमुख कार्यकारीको जिम्वेवारी दिएको हो । यस अवधिमा बैंकमा प्रमुुख कार्यकारी अधिकृतको पदमा कृष्णराज लामिछाने रहेका थिए । उनले प्रमुख कार्यकारीको पदबाट राजीनामा दिएपछि बैंकले शर्मालाई कामु प्रमुख कार्यकारीको जिम्वेवारी दिएको हो ।