काठमाडौं, साउन ६
एनएमबी बैंक लिमिटेड र जडीबुटी व्यवसायी संघ नेपालबीच सम्झौता भएको छ । बैंकका अनुसार संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुुलियतसहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडीबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष, विष्णु भण्डारीले हस्ताक्षर गरेका हुुन् ।
बैंकले देशको दिगो विकासमा टेवा पु¥याउने क्षेत्रहरूजस्तै साना तथा मझौला उद्योग, कृषि, जलस्रोतलगायत उद्यमशीलता विकासमा स्थानीय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आएको छ । बैंकले हाल देशभरि एक सय ६७ शाखा, एक सय ३१ एटीएमहरू, पाँच वटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।