काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६८ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ७५ लाख २९ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ६१ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब २८ करोड ९४ लाख ६७ हजरा रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३३ करोड ८५ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड पाँच लाख २३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब १२ करोड ७६ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५४ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यक्त अवधिमा चार करोड ९५ लाख ५१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।