काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० करोड ५४ लाख ४२ हजार छ सय सात रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १७ करोड ७७ लाख ६० हजार पाँच रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार नौ सय रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा ११ अर्ब १८ करोड ९१ लाख २७ हजार नौ सय ८५ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ५१ करोड ८१ लाख ५५ हजार छ सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९४ करोड ८१ लाख १२ हजार चार सय सात रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर पाँच दशमलव ५५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १० अर्ब ५३ करोड ३० लाख ४२ हजार पाँच सय १३ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ८७ करोड ४५ लाख ६७ हजार नौ सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७४ करोड चार लाख ७५ हजार छ सय ७३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ९८ प्रतिशत रहेको थियो ।