काठमाडौँ । कमलपोखरीमा रहेको सानदार मोमो पसलमा बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।

सिलिन्डर विष्फोट हुँदा घाइते भएका ११ जनाकै कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका ले जानकारी गराए । उनका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।