काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समता फाउन्डेसनलाई सहयोग गरेको छ । कम्पनीका अनुसार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउन्डेसनलाई पाँच लाख आर्थिक सहायता प्रदान गरिएको हो ।
यो सहयोग फाउन्डेसनमा अध्यनरत विद्यार्थीहरूको शिक्षातर्फ खर्च हुनेछ । एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त रकम फाउन्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तानतरण गरेका हुन् । सबैका लागि शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउन्डेसनलाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्वल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ ।
कम्पनीले एक सय ३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आइरहेको छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।