काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान अयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि आवश्यक सामग्री खरिद गर्दा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडलले भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार उनीविरुद्ध भ्रष्टाचार गरेको भन्दै तीन करोड आठ लाख ५० हजार चार सय बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियारले उनलाई केन्द्रका लागि आर्थिक वर्ष २०७४÷७५ मा आह्वान गरिएको बोलपत्र ‘एनआइटीसी, जि, एनसीबी–७–०७४÷७५ सुरक्षा तथा नेटवर्कसम्बन्धी सामग्री’ खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएको छ । पौडेलले नेपालका लागि एफ फाइभ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दिपक आनन्द (पासपोर्ट नम्बर जेट ४३६२९३२)सँग मिलेमतो गरी केन्द्रलाई आवश्यक सामग्री खरिद गरी भ्रष्टाचार गरेका हुन् । योसँगै अख्तियारले आनन्दलाई पनि भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत काम गरेको भन्दै तीन करोड आठ लाख ५० हजार चार सय बिगो र कदै माग गर्दा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार आनन्दले केन्द्रका लागि आवश्यक सामग्री खरिदको क्रममा तीन करोड आठ लाख ५० हजार चार सय घुस दिएका छन् । उक्त घुस रकम युनिभर्सल प्रोक्यिुमेन्ट सिस्टममार्फत सिंगापुर पठाइएको छ । आनन्दले दिने घुस रकम पौडेलले स्वीकार समेत गरेका छन् । आनन्दले पौडेललाई अमेरिकामा रहेको बैंक खाता र भारतमा घुस रकम लेनदेनको लागि सहमत गरेका छन् । पौडेललले आनन्दसँग मिलेमत्तोमा प्रतिस्पर्धाका लागि तीनवटा कम्पनीहरू इन्स्टासेफ टेक्नोलोजी प्रालि, बंगेलोर एक्सक्लियुसिभ नेटवर्क एसिया प्रालि, सिँगापुर र टेकडाटा प्रालि सिगाँपुर कोटेसन माग गरेका थिए । ती कम्पनीहरूले दिएको कोटेशन प्राप्त गरी सोही आधारमा पौडेलले कर्मचारीहरूलाई प्राविधिक निर्देशिका तयार गरी बोलपत्र आह्वान गरेका पाइन्छ । पौडेलले पूर्वयोजनाअनुरूप एकमात्र बोलपत्रदाताको रूपमा अस्ट्रल कम्पुयटर नेपाल प्रालिलाई प्रस्ताव पेस गर्न लगाई स्वीकृत गरेका छन् ।
पौडेलले बोलपत्र मूल्याङ्कन समितिमा आफैँ बसी पूर्वयोजनाअनुरूप आनन्दको बोलपत्र छनौट गरी सामग्री खरिद प्रक्रिया अघि बढाएको अख्तियारको आरोप रहेको छ । आनन्दले भनेअनुरुप १४ मे २०१८ मा अस्ट्रल कम्प्युटर नेपाल प्रालिले मात्र बोलपत्र पेस गरिएको छ । ठेक्कासम्बन्धी कागजात तयारीका लागि आनन्दले नेपालआई अस्ट्रलका प्रमुख कार्यधारी अधिकृत कृष्ण गिरीसँग समेत भेट गरेका छन् ।
२०८० माघ दोस्रो साता राष्ट्रिय पेमेटन्ट गेटेवे प्रकरणमा पक्राउ परेका पौडेले हाल कारागारमा छन् । उक्त प्रकरणमा उनलाई २३ करोड २७ लाख ५८ हजार ७७ बिगो कायम गरिएको थियो ।
सो प्रकरणमा पौडेलसँगै केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल समेत पक्राउ परेका थिए । उनी पनि हाल कारागारमा छन् । सरकारी निकायको भुक्तानीको लागि सरकारले नेसनल पेमेटन्ट गेटवे प्रणाली सञ्चालनमा ल्याउने लागेको थियो । सरकारी भुक्तानीलाई एकरूपता ल्याउने तथा राष्ट्र बैंकमार्फत सञ्चालन गरिने भनिएको नेसनल पेमेन्ट गेटवे प्रणाली हालसम्म पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।