धनगढी । नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटनका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सुदूरपश्चिम प्रदेशको धनगढी आइपुगेकी छिन् । उनी बुद्ध एयरको नियमित उडानबाट शुक्रबार बिहान धनगढी आइपुगेकी हुन् ।

धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, प्रदेश सभा सदस्यलगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताले परराष्ट्रमन्त्री राणालाई स्वागत गरेका थिए ।