मुग्लिन (चितवन) । बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको ट्रक चितवनमा दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आइतबार बिहान पल्टिएको थियो । दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिए ।