काठमाडौं । सानिमा जीआईसी इन्स्योेरेन्स लिमिटेडले गत आर्थिक वर्षको खुद नाफामध्येबाट सात दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको यही माघ २४ गते बसेको सञ्चालक समितिको एक सय ५५ औँ बैठकले गत आर्थिक वर्षको नाफामध्येबाट सात दशमलव ८९ प्रतिशतका दरले हुन आउने १५ करोड ७८ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार घोषित लाभांशमध्ये सात दशमलव पाँच प्रतिशत अर्थात् १५ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत अर्थात् आठ लाख ९४ हजार रुपैयाँ बराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।