बेइजिङ । चीनमा सन् २०२५ को ‘ग्लोबल डेभलपर सम्मेलन’ फेब्रुअरी २१ देखि २३ सम्म आयोजना हुने भएको छ । सम्मेलनमा विश्वभरका एक सय विकासकर्ता समुदायलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको साङ्घाई एआई उद्योग संघ (एसएआईए)ले जनाएको छ । उक्त सम्मेलन एआई मोडल, कम्प्युटिङ पावर र सफ्टवेयर प्लेटफर्महरूसहित अत्याधुनिक प्रविधिहरूमा केन्द्रित हुनेछ ।
सम्मेलनमा सहभागी विकासकर्ता समुदायले हार्डवेयर विकास, क्लाउड कम्प्युटिङ, बिग डाटा, इन्टरनेट अफ थिङ्ग्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स, ब्लकचेन र मेटाभर्सजस्ता विविध क्षेत्रहरूको प्रतिनिधित्व गर्नेछन् ।
हगिङ फेस, माइक्रोसफ्ट डेभलपर कम्युनिटी, अलिबाबाको मोडलस्कोप कम्युनिटी र हुवावेई कम्युनिटीजस्ता विश्वका अग्रणी समुदायहरूले कार्यक्रमभर विभिन्न आकर्षक गतिविधिहरू आयोजना गर्नेछन् । एसएआईएका अनुसार डिपसीक टोलीले पनि सम्मेलनमा भाग लिनेछ । सम्मेलनले विकासकर्ताहरूलाई उद्योग विशेषज्ञसँग जोडिने र विचारहरू आदानप्रदान गर्ने मौका दिनेछ ।