काठमाडौं । सरकारको लापरबाहीको कारण भारतबाट तस्करी भएर नेपाल आउँदा समातिएको अर्बौँ रुपैयाँ मूल्य पर्ने रक्तचन्दन काठ गोदाममा सडाएर राखिएको छ ।
प्रहरी प्रशासनसँगको मिलेमतोमा भारतबाट तस्करी गरी ती रक्तचन्दन सजिलै सीमा कटाएर नेपाल भित्र्याइने गरेको र प्रहरी प्रशासनसँगको सेटिङमै ती रक्तचन्दन चीनतर्फ तस्करी हुनेगरेको थियो । कतिपय बेला प्रहरीसँग लेनदेनको कुरा नमिल्दा रक्तचन्दन बरामद हुने गरेको थियो ।
देशका विभिन्न ठाउँबाट पक्राउ गरेर विभिन्न जिल्लाका वन कार्यालयमा राखिएका रक्त चन्दन पनि प्रहरी र वनका कर्मचारीहरुसँग मिलेमतो गरेर त्यस्तै रङ्ग र आकारका गोलीया काठसँग सट्टापट्टा गरेर तस्करले लैजाने प्रयास नगरेका पनि होइनन् तर पनि विभिन्न वन कार्यालयमा थन्किएका अदालतमा मुद्दा विचाराधीन रहेका र मुद्दा सकिएका अर्बौँ रुपैयाँ मूल्य पर्ने रक्तचन्दन अहिलेसम्म अलपत्र अवस्थामा छ ।
अहिले देशका विभिन्न ठाउँमा मुद्दा कारबाहीमा रहेको रक्तचन्दनको परिणम १६ हजार चार सय ८७ केजी तीन सय ग्राम, फैसला भइसकेको रक्तचन्दन एक लाख ८९ हजार तीन सय ७६ केजी चार सय ग्राम, अदालती प्रक्रियामा रहेको दुई लाख पाँच हजार आठ सय ६३ केजी सात सय ग्राम, बेवारिसे रहेको ६२ हजार ९७ केजी, सात ग्राम अदालती प्रक्रियामा रहेको तथा बेवारिसे रहेको दुई लाख ६७ हजार नौ सय ६१ केजी चार ग्राम, मन्त्रीपरिषद्को २०६५।१०।२ को निर्णयअनुसार भारत फिर्ता गरिएको परिणाम ३६ हाजर ९२८ केजी, दाहसंस्कार तथा रिफरेन्स प्रयोजनमा खर्च भएको छ सय ५५ केजी ४ ग्राम, बेबारिसे रहेको रक्तचन्दन २३ हजार छ सय ५५ केजी आठ ग्राम मन्त्रिपरिषद्को २०७१ फागुन १२ को निर्णयअनुसार भारत फिर्ता हुने बेबारिसे तथा मुद्दा फैसला भएको काठको परिणाम २७ हाजर १६६ केजी र हराएको रक्तचन्दन २ लाख ११ हजार ५४ र १ सय ग्राम गरी हाल भारत फिर्ताको लागि प्रस्ताव गरिएको परिणाम १ लाख ६८ हाजर ५७२ केजी ८ ग्राम रहेको छ ।
प्रहरीले समातेको, वन कार्यालयलाई जिम्मा लगाएको तर हराएके भनिएको १९ हाजर ३२४ केजी रक्तचन्दन तस्कर, वनका कर्मचारी र प्रहरीकै मिलेमतोमा गोदामबाट निकालेर तस्करलाई जिम्मा लगाइएका र त्यसरी जिम्मा लगाउँदा त्यही साइजका रङ्ग लगाएर रक्तचन्दनजस्तै बनाइएका गोलीया काठ राख्ने गरिएको समेत पाइएको छ । अहिले वनका गोदाममा रहेका रक्तचन्दन पनि अन्य काठसँग सट्टापट्टा गरेर लैजाने तस्करहरुको योजना रहेको छ ।
यसरी तस्कर भएर आउने रक्तचन्दन विशेषगरी भारतको आन्ध्र प्रदेश पहाडी क्षेत्रबाट नेपाल हुँदै चीन लानको लागि आउने गरेको बताइएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिएर सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, संखुवासभा, झापा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु, बझाङलगायतका ठाउँहरुमा राखिएको करिब २७१ टनभन्दा बढी रक्तचन्दनको हालको बजारमूल्य अर्बौँ हुने अनुमान गरिएको छ ।
