काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले हाल अवस्थित रहेको खुशिबु शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १७ खुशिबुमा रहेको शाखा कार्यालय सोही वडाभित्र करिब ९० मिटर पश्चिममा आइतबार स्थानान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले उक्त शाखाको उद्घाटन गरेका हुन् । यो शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए । खुशिबु शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको छ । बैंकको हाल दुई सय ८३ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखारहित बैंकिङ र दुई सय ६६ वटा एटीएम काउन्टर रहेका छन् ।