काठमाडौ । स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवहरूलाई अझै बढी पहुँचयोग्य बनाउन एक नवीन फाइनान्सिङ योजना घोषणा गरेको छ । स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन (आईसीई) सवारी साधनमा पहिलोपटक वार्षिक छ दशमलव ९९ प्रतिशतको आकर्षक व्याजदरमा सवारी साधनलाई ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा प्रदान गर्न लागेको हो । यस योजनाले अटोमोबाइल बजारमा किफायतीपनलाई पुनः परिभाषित गर्दै ग्राहकहरूलाई विद्युतीय सवारी साधनको जस्तै स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
यो फाइनान्सिङ योजना प्रायः ग्राहकहरूलाई प्रिमियम सवारी साधनको स्वामित्व लिनबाट रोक्ने उच्च अग्रिम लागतलाई सम्बोधन गर्न सुरु गरिएको हो । स्कोडा नेपालले अतुलनीय विलासिता, सुरक्षा र विश्वसनीयताको लागि परिचित स्कोडा सवारी साधनहरूको आनन्द लिनका लागि वित्तीय अवरोधहरू कम गरेर ठूलो संख्याका ग्राहकहरूलाई सशक्त बनाउन लागेको जनाएको छ ।
कम्पनीका अनुसार यो अफरले राजमार्गको आरामदायी यात्रा होस् वा ड्राइभिङको प्रिमियम अनुभव लिन खोज्ने हुन्, धेरै ग्राहकहरूको सपनालाई वास्तविकता बनाउने छ । यो विशेष फाइनान्सिङ योजना सीमित अवधिको लागि मात्र उपलब्ध रहेको जनाइएको छ । सम्भावित ग्राहकलाई अनुकूल हुने सर्तहरूमा स्कोडा गाडीको स्वामित्व लिन पाउने यो विशेष अवसरको फाइदा उठाउन पनि कम्पनीले आव्हान गरेको छ ।
नेपालमा ईभीहरूले निरन्तररूपमा आकर्षण प्राप्त गरिरहँदा स्कोडा नेपालको यस फाइनान्सिङ योजनाले सबैका लागि समान अवसर निर्माण गर्ने बताइएको छ । ग्राहकहरूले अब स्कोडा आईसीई सवारी साधनहरूको अतुलनीय सुविधाहरू र ईभीसँग सम्बन्धित किफायतीपन दुवैको आनन्द लिन सक्नेछन् ।