अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सबै स्टिल र आलुमनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पको पछिल्लो कदमले क्यानडालाई ठूलो प्रभाव पार्ने भएछ।
क्यानाडा र मेक्सिको अमेरिकाका दुई ठूला स्टिल व्यापार साझेदार हुन्। क्यानडाबाट अमेरिकामा आयात हुने आलुमनियम धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। अघिल्लो कार्यकालमा ट्रम्पले क्यानडा, मेक्सिको र युरोपेली संघबाट आयात हुने स्टिलमा २५ प्रतिशत र आलुमनियममा १० प्रतिशत कर लगाएका थिए।
तर एक वर्षपछि अमेरिकाले क्यानाडा र मेक्सिकोसँग त्यस्तो कर अन्त्य गर्न सम्झौता गगरेको थियो तर ईयू राष्ट्रका लागि लगाएको आयात कर २०२१ सम्म थियो।