काठमाडौं । सरकारले अर्थ सचिव परिवर्तन गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो ।

अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद दुवाडीलाई अख्तियार पठाइएको छ ।